प्रधानमन्त्रीको कुदाकुद,मन्त्रिपरिषद बैठक स्थगित गर्दै दाहाल केपी निवासतिर



प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद बैठक स्थगित गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि जानुभएको छ ।

प्रधानमन्त्री बनेपछि दाहाल विनानिम्तो ओली निवासमा पुग्नुभएको हो ।

संविधान संशोधन प्रकृया र निर्वाचनको विषयमा छलफलका लागि उहाँ सिंहदरबारबाट सोझै बालकोट जानुभएको हो ।

संविधान संशोधनको ड्राफ्टमा थप गृहकार्य आवश्यक रहेको भन्दै आज बिहान बोलाइएको मन्त्रिपरिषद बैठक साँझ बस्ने गरी स्थगित भएको छ।

केही समयमात्र बसेको मन्त्रिपरिषदबारे जानकारी दिँदै कानुनमन्त्री अजय शंकर नायकले भने, ुड्राफ्टमा थप गृहकार्य गर्नुपर्ने भएकाले साँझ फेरि बैठक बस्नेछ।

संविधान संशोधन सकेसम्म छिटो अघि बढाउने र दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सरकार र मधेसी मोर्चाबीच सहमति भएको छ।

तर यो सहमतिको प्रकृयामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहभागीता जनाएको छैन।

प्रतिक्रिया दिनुहोस्