छैठौं एनएमबी बैंक हेरिटेज वाक सम्पन्न



काठमाडौं, (नेस)
एनएमबी बैंकले काठमाडौं महानगरपालिकाको सहकार्यमा छैठौं एनएमबी बैंक हेरिटेज वाक शनिबार आयोजना गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत विगत पाँच वर्षदेखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ। वाकको मुख्य उद्धेश्य आम जनतालाई सम्पदाको महत्त्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने चेतना जगाउनु रहेको थियो।

कार्यक्रमको उद्घाटन क्रमशः काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल, पुरात्तव विभागका महानिर्देशक भेषनारायण दाहाल, बैंकका सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा गर्नुभएको थियो। हेरिटेज वाकको विशेष कार्यक्रम नक्साल नागपोखरीमा आयोजना भई सोही स्थानबाट वाकको शुरुआत भई बसन्तपुर दरबार स्क्वायरमा पुगि समापन भएको थियो।

कार्यक्रममा सांस्कृतिक सम्पदाहरुको संरक्षण र महत्वकाबारेमा अतिथिहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो भने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले सम्पदा संरक्षणका लागि बैंकको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। बैंकले उर्लाबारी तथा बुटवलमा पनि सोहीअनुरुप हेरिटेज वाक कार्यक्रम सञ्चालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्