बिरालो खोजाइ



भयानक भूकम्पले यो धरहरा ढलेको पनि केही वर्ष बितिसकेको छ। यसलाई बनाउने भनेर थुप्रैले थुप्रै कथा रचे। कतिले पैसा उठाए झैं पनि गरे। तर, खोई कता के गर्दैछन् यसले अझै बुझ्न सकेको छैन। अरुलाई त अल्मल्याए अल्मल्याए यो धरहरालाई पनि मानिसले अल्मल्याएको देखेर यो आफैं चकित खाएको छ है पाठकबृन्द केही दिन पछि नै भूकम्पको वार्षिकी आउन लागेको छ। अरु बेला नसम्झे पनि श्राद्धमा बिरालो बाँधेको शैलीमा धरहराका बारेमा पनि उच्च अधिकारीहरुले केही न केही बोल्ने यसले ठानेको छ। किनकि यो धरहराको बारेमा नै बोलिएन भने अप्ठेरोमा पर्ने यी बाठा उच्च अधिकारीले के बुझ्दैनथे। त्यसैले पहिला श्राद्धको बेलामा छुन्छ वा श्राद्धको सामग्री जुठो हालिदिन्छ भनेर घरमा भएको बिरालो बाँधेका बाबुको काम देखेको पछिल्लो पुस्ताको छोराले श्राद्धको बेलामा बिरालो बाँध्नै पर्छ भनेर घरमा बिरालो नभएपछि हेलिकोप्टर भाडामा लिएर गाउँगाउँ बिरालो खोज्दै हिंडेको जस्तो गर्नै पर्यो नि। गरुम् गरुम् महोदयहरु। काम गर्नुपरेको छन। कुरा गरे भै गयो। कि कसो ⁄

प्रतिक्रिया दिनुहोस्