मूर्ति बनाउन ५१ हजार दान



नेपाल समाचारपत्र
तनहुँ
तनहुँको प्रसिद्ध धार्मिक शक्तिपीठ छाब्दी बाराही मन्दिरमा ७ सय किलोको तामाको मूर्ति निर्माण अभियानमा काठमाडौंका भक्तजनले ५१ हजार रुपियाँ सहयोग गरेका छन्। काठमाडौं महानगरपालिका–३ कान्तिमार्ग निवासी लोकबहादुर टन्डनले आफ्ना स्वर्गीय माता तोयाकला तथा पिता रणसिं टन्डनको सम्झनामा साविक केशवटार–७ भई अहिले व्यास–१४ मा रहेको छाब्दी बाराही देवीको माछा आकृतिको २० फुट अग्लो मूर्ति निर्माणका लागि ५१ हजार दान गरेका हुन्।

गत वर्ष मन्दिर आउँदा छाब्दीमाताले आफ्नो मनोकामना पूरा गरिदिनुभएको भन्दै छाब्दी बाराही विकास कोषका सल्लाहकार सोनी शर्मा खनियालाई उक्त रकम हस्तानतरण गरेका हुन्। काठमाडौं टोखा नगरपालिका–९ वसुन्धरामा रहेको ग्रीन सिटी हस्पिटलका अध्यक्ष टन्डनले गरिब तथा असहायका लागि हस्पिटलमा निःशुल्क उपचार सेवासमेत दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्