हिरोइनभन्दा बढी कलाकार बन्न चाहन्छिन् ऋचा



विदुर गिरी

नायिकाहरु प्रायः हट एन्ड ग्ल्यामर लुक्समा प्रस्तुत भएर माथि आउन चाहन्छन्, धनगढीकी २९ वर्षीया ऋचा शर्माको भने कुरै बेग्लै छ। उनी जतिसक्दो अनौठा र फरक किसिमका भूमिका गरेर दर्शकको आँखामा छाइरहेकी हुन्छिन्। अरु नायिकाले हट र ग्ल्यामर भूमिका रोजिरहेका बेला उनी भने सामान्यतः नायिकाहरुले गर्न नमान्ने कुरुप अनुहार र बृद्धा भूमिकामा रमाउँछिन्।

‘एउटा फिल्ममा गरेको रोल सकेसम्म अर्को फिल्ममा दोहोर्यान चाहन्नँ। जति फिल्म गरिन्छ, सबैमा फरक–फरक रोल होस् भन्ने चाहन्छु। फरक रोलकै खोजीमा कतिपय फिल्म छोडेकी छु टलकजंग भर्सेस टुल्के गर्ल ऋचा भन्छिन्– ‘त्यसैले मैले गरेका फिल्मको क्वान्टिटी पनि कम देखिन्छ। क्वान्टिटीभन्दा क्वालिटीमा विश्वास गर्छु। थोरै सिनेमा होस्, गतिलो होस् भन्नेमा सचेत हुन्छु।’ ऋचालाई ग्ल्यामर भूमिका नै मन नपर्ने भन्ने होइन। भन्छिन्– ‘ग्ल्यामर रोल पनि मन पर्छ र गरेकी पनि छु। तर एउटा फिल्ममा गरेको रोल अर्कोमा नमिलोस् भन्ने चाहन्छु।’

पछिल्ला समयमा यौन केन्द्रित फिल्म निकै बने । यस्ता फिल्म बनाएर चाँडै कमाउने सोच पालेका निर्माताहरु धेरैजसो नायिकासमक्ष त्यस्ता भूमिका लिएर पनि पुगे। फरक र सजीव ढंगको भूमिकामा अभिनय गर्न मात्र तयार हुने भएकै कारण ऋचालाई भने यस्तो अफर कहिल्यै आएनछ। ‘हो अलिअगाडि सेक्स ओरेन्टेड फिल्मको ओइरो नै लागेको थियो। सेक्स भन्ने चिज सेलेभल हो। सेक्स बिकिहाल्छ भनेर होला त्यस्ता फिल्म बनेका। इजी मनी र इजी फिल्मका लागि होला पनि होला। तर अहिले त्यस्तो फिल्म कम भईसको छ। त्यस्ता कति फिल्म आए र गए। दर्शकले नै रिजेक्ट गरिदिए। तर मलाई भने कहिल्यै त्यस्तो फिल्ममा खेल्ने अफर आएन।’ ऋचाले भनिन् ‘सेक्स ओरेन्टेड फिल्म खेल्नै हुन्न भन्ने छैन। भल्गर र सेक्समा फरक पर्छ। हेर्नुस् त डर्टी पिक्चर कस्तो बनेको छ रामलीला त्यस्तै छ। म कलाकार हुँ, त्यसैले जस्तो रोलमा पनि काम गर्नुपर्छ। तर सेक्स स्टोरीका नाममा भल्ग्यारिटी दिन म सक्दिनँ।’

नायिका बन्ने सपना सानैदेखि साँचेकी उनको सपना त्यतिखेर साकार भयो, जब सन् २००९ मा गायक यस कुमारद्वारा स्वरबद्ध थाकेको नजरमा बोलको गीतमा स्व. आलोक नेम्वाङको निर्देशनमा बनेको म्युजिक भिडियोमा मोडलिङ गरिन्। उनले त्यस म्युजिक भिडियोमा मोडलिङ गरेकै वर्ष सिमोस सुनुवारद्वारा निर्देशित फिल्म फस्ट लभमा नायिकाका रूपमा डेब्यु पाइन्। त्यसपछि उनी फिल्ममै रमाइन्। त्यस क्रममा मेरो लभ स्टोरी, हाईवे, लुट, भिषा गर्ल, टलकजंग भर्सेस टुल्के, जंगे, लुट २ जस्ता एक दर्जन बढी फिल्ममा काम गरिसकेकी छिन् ।

आफूलाई फरक ढंगबाट चिनाउने क्रममा ऋचाले उमाको, आफ्नोजस्ता फिल्ममा आमा र कुरूप महिला भएर अभिनय गरिन्। प्रशंसा पाएको यीनै भूमिकाबाट उनी स्वयंलाई सन्तुष्टी पनि मिलेको छ रे। फिल्मबाट सन्तुष्टी मिले पनि आफू सफल भएजस्तो चाहिँ उनलाई लाग्दो रहेनछ। ‘म आफूलाई सफल भएको मान्दिनँ। किनभने अहिले पनि संघर्षमै छु। तर यस मानेमा लक्की पनि ठान्छु कि धेरै जना छन् यो फिल्डमा आउन चाहनेहरु। उनीहरुलाई देख्दा राम्रै ठाउँमा पुगेजस्तो लाग्छ। एउटा स्टेप पार गरेको छु, तर धरै गर्न बाँकी छु भन्छिन् ‘म जहिले पनि आफूभन्दा अभैm बढी संघर्ष गरेकालाई हेरेर चित्त बुझाउँछु। कतिजना त एउटै फिल्मबाट हराएको हुन्छ।’ उनलाई थाहा छ ‘हिरोइनको आयु लिमिटेड हुन्छ। कलाकारको लामो समयसम्म पनि हुन्छ।

त्यसैले म हिरोइनभन्दा पनि बढी कलाकार बन्न चाहन्छु। हिजो हामी आउँदा निरुता सिंह, विपना थापा दिदीहरु हुनुहुन्थ्यो। अहिले न्यु जेनेरेसन आइरहेको छ। उनीहरुका अगाडि हामी पनि पलायन हुँदै जान्छौँ। म यसका लागि पहिलेदेखि नै मेन्टल्ली प्रिपियर थिएँ। कलाकारिता भनेको बुढी होउज्नेल गर्न मिल्छ। तर म प्यासन भएरै यो फिल्डमा आएको हुँ। कलाकारितापछि प्रोडक्सन डाइरेक्सनमा पनि हात हाल्न सकिन्छ। बिनजेस वरेन्टेड भएर हेर्ने हो भने फिल्म प्रड्युस पनि मेरो रुचिको सब्जेक्ट हो।’ भिषागर्ल नामक फिल्मको सह निर्माण गरिरहेकी उनी अहिले अर्पण थापाको निर्देशनमा आधा लभ नामक फिल्म निर्माण गरिरहेकी छिन्।
पहिलो फिल्म रिलिज हुँदा र टलकजंग भर्सेस टुल्केबाट नेसनल अवार्ड जित्दा औधी खुसी भएकी उनी जस्तो रोल पनि गर्ने नायिकाका रूपमा चिनिन्छिन्।

भन्छिन् ‘यो कुरा म मान्छु, मैले चुज गरेको इमेज पनि त्यही हो। मलाई क्यापासिटिभन्दा अगाडि बढेर च्यालेन्ज स्वीकार गर्न मन लाग्छ। त्यसैले आफूलाई मन परेको रोल मात्र गर्छु। आफू सुहाउँदो लागेन भने काम गर्दिनँ। केहीअघि एउटा डान्स मूभिको अफर आएको थियो। मैले यो केकी अधिकारी वा प्रियंका कार्कीलाई भन्नुस् भनें। त्यो रोल गर्नै नसक्ने भएर होइन, प्रयाक्टिस गर्ने टाइम भएन, त्यसैले रिस्क लिइनँ। क्यारेक्टर त देखिनुपर्यो नि’ सिनेमामा शोषणको कुरा निकै आउँछ। यसमा उनलाई लाग्दोरहेछ ‘शोषण नहुने भए त त्यस्तो कुरै आउँदैन थियो होला नि। आफूले नभोगेको कुरामा जजमेन्ट गर्न त सक्दिनँ। तर कतिले अवार्ड पाउनलाई जे पनि गर्छु भनेको सुनेको छु। त्यस्तो भन्छन् भने किन फाइदा नउठाउालान् त? तर यसमा दुबै पक्षको भूमिका हुन्छजस्तो लाग्छ। किनभने एउटाले हिन्ट्स नदिएसम्म शोषण हुने कुरा हुँदैन।

जीवनयात्राका क्रममा ऋचालाई प्रेम अफेयर्सको अनुभव पनि छ। सुनाइन् ‘प्रेम र अफेयर्सको अनुभव छ। मानिसले सबैखालको अनुभव लिनुपर्छ। मैले पनि लिएको छु। तीतामीठा अनुभव छन्। तर त्यसलाई अनुभवमै सीमित राखेको छु। जहाँसम्म बिहेको कुरा छ, उमेर हुन थालिसक्यो, मेरो पनि बिहे गर्ने बेला आयो। फेरि म घरमा कान्छी छोरी पनि हो। यो कुरा आमाहरुकै जिम्मामा छोडिदिएको छु। केटा खोज्नु, तर नेपालमै बस्ने केटा चाहिन्छ भनेको छु। विश्व घुमिसकें कहीं बस्ने केटा मन परेन। बाहिर घुम्न मात्र रमाइलो रहेछ, बस्न त नेपालमै मनलाग्दो रहेछ। त्यसैले नेपालमै बस्ने केटा खोज्नु भनेको हुँ।’

कमर्समा ब्याचलर गर्दागर्दै पेरिस गएकी ऋचाले त्यहाँ पुगेर अभिनयमा डिप्लोमा समेत गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्