जेठ १५ भित्रै चुनाव हुनुपर्छः एमाले



काठमाडौं, (नस)
नेकपा एमालेले मधेसी मोर्चा निर्वाचनमा सहभागी हुनुलाई सकारात्मक कदम भएको बताएको छ। तर एमालेले सरकार र मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमति भए पनि जेठ १५ भित्र नै निर्वाचन सम्पन्न हुनुपर्ने बताएको हो।

नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले संविधानअनुसार आगामी जेठ १५ गतेभित्र बजेट पेस गर्नुपर्ने प्रावधान भएकाले जेठअघि नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सरकार–मोर्चाबीच भएको सहमतिको बारेमा हामीलाई जानकारी छैन, निर्वाचन विरोधी गतिविधिको घोषणा गरेको मोर्चा निर्वाचनमा सहभागी हुनु राम्रो कदम हो।’ संविधान संशोधन विधेयक आजको भोलि नै पारित नहुने बताउँदै संसद्को विधि र प्रक्रियाबाट मात्र अगाडि जान सक्ने उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्