घण्ट बजाउँदाको प्रभाव



सन् १९१६ मा बेलायतमा भएको घटना हो। बकिङ्घममा एक क्षयरोगीको बासस्थान थियो। ती क्षयरोगीलाई नजिकैको गिर्जाघरमा बजाइने गरेको घण्टको आवाजले आफ्नो स्वास्थ्य झन् खराब हुँदै गएको अनुभूति भएछ। उनले घण्टको आवाजका कारण आफ्नो स्वास्थ्यमा नकारात्मक असर परेको उल्लेख गरी अदालतमा मुद्दा दायर गरेछन्।

अदालतले तीनजना विशिष्ट वैज्ञानिकलाई घण्टको आवाजको प्रभावबारे अध्ययन गर्न लगायो। ती वैज्ञानिकले सात महिना लगाएर घण्टको आवाजको प्रभावबारमा खोज–अनुसन्धान गरे।
उनीहरुले घण्टको आवाजको प्रभावले क्षयरोगीलाई लाभ पुग्ने निष्कर्ष निकाले। क्षयरोग मात्र नभएर घण्टको आवाज अन्य रोगहरुमा पनि उपयोगी हुन सक्ने ती वैज्ञानिकले बताएपछि अदालतलाई मुद्दा छिन्न सजिलो भएको कुरा ‘दैनिक पूजाविधि तथा वार्षिक पर्व निर्देशिका’ नामको कर्मकाण्डको पुस्तकमा उल्लेख गरिएको छ।
प्रस्तुति ः रोहिणी

प्रतिक्रिया दिनुहोस्