सेक्सको आवाजले खेलमा बाधा



न्युयोर्क, (एजेन्सी)
टेनिस शान्त वातावरणमा खेलिने भलादमी खेल हो। स्टेडियममा दर्शकको तालीसमेत धेरैबेर बजाउन पाइँदैन।

कोही कराए पनि अम्पायरले प्लिज साइलेन्ट भनेर निर्देशन दिइहाल्छन्। त्यस्तै हवाईजहाज र हेलिकोप्टर उडेमा पनि त्यसको आवाजले टेनिस खेलमा बाधा तुल्याउँछ। यसैले पनि खेलस्थल माथि हवाईजहाज वा हेलिकोप्टर उडेको स्थितिमा खेल रोकिन्छ पनि।
यस्तैमा अमेरिकाको फ्लोरिडामा भएको सरासोटा ओपन टेनिसको एक खेलदौरान केही आश्चर्यचकित आवाज आएर खेल पटकपटक रोकिनुपरेको छ। अरू कारण नभई जोडीको सेक्स आवाजले खेलमा बाधा तुल्याएको थियो।

अमेरिकी रिपोर्टर्सले यस्तो कवरेज गरे कि संसारभर यो खेलबारे खबर लेखिएको छ।

एटीपी च्यालेन्जर टुरअन्तर्गत अमेरिकाका फ्रांसिस टिओफे र मिशेल क्रुजरबीच खेल भइरहेको थियो। यूकेमा छापिएको खबरअनुसार बीचबीचमा जोडीको सेक्स आवाज आइरहँदा प्रसारणकर्ताले खेल रोकेर कहाँबाट आवाज आइरहेको जान्न कोसिस गरे। प्रसारणकर्ताले स्टेडियममा यता उता हेरे कि कोही दर्शक मोबाइलमा पोर्न त हेरिरहेको छैनन्।

खिलाडी टिओफेले पनि ठट्टा गर्दै भने– ‘लाग्छ कोही खुबै मजा लिइरहेका छन्।’

खेलाडीको मुखबाट यस्तो कुरा सुनेर उपस्थित दर्शक पनि हाँसेका थिए। केही बेरपछि प्रसारणकर्ताले थाहा पाए कि आवाज नजिकै तलाउसँगै बनेको अपार्टमेन्टबाट आइरहेको थियो।

उनले भने– ‘ओ माई गड, त्यहाँ तलाउ छेउ एक अपार्टमेन्ट छ। त्यहीँबाट आवाज आएको रहेछ। हामी सबै उत्सुक भयौं। तर भिडियोबाट आवाज आएको थिएन। लौ राम्रै भयो कि कसैको रात त राम्रो कटिरहेको छ।’

प्रतिक्रिया दिनुहोस्