पेट्रोल छ-छैन ?



सरकारले निर्बाधरूपमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको बताए पनि अहिले राजधानीका पेट्रोल पम्पहरूमा सरकारीबाहेक अन्यत्र पेट्रोलियम पदार्थ पाइएको छैन।
आखिर किन यस्तो भइरहेको छ? सर्वसाधारण कुरा नबुझेर धरहरा वरपर आएर गुनासो गरिरहेको सुनिएको छ।

सरकारी निकायहरूलाई सोध्यो भने उनीहरूले पेट्रोलियम पदार्थ फलाफाल भएको बताउने गरेका छन्।
छ भने किन पेट्रोल पम्पहरू अहिले बन्द गरिएका होलान्? यदि सरकारले दिँदा दिँदै पनि पेट्रोल पम्पले नदिएका हुन् भने किन कारबाही हुँदैन? कतै यो ‘काले काले मिलेर खाऊँ भाले’ भने जस्तो त होइन?

धरहरा छेउमै आएर थुप्रैले गरेको यो गुनासो कसले सुन्छ हेरुम्। प्रधानमन्त्रीले सुन्ने कि आपूर्ति मन्त्रीले? आज सरकारका तर्फबाट के कदम चालिन्छ त्यसपछि बोलुम्ला है पाठकवृन्द।

दादागिरी र खुलेआम कालोबजारीको पनि हद भयो त होउ।

प्रतिक्रिया दिनुहोस्