पनामा लिक्स प्रकरणमा सरिफलाई सर्वोच्चबाट सफाइ



‘अयोग्य ठहर्याउन पर्याप्त प्रमाण छैन’

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानमा बहुचर्चित पनामा लिक्स मामिलामा सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई पदका लागि अयोग्य ठहर्याउन पर्याप्त प्रमाण नभएको फैसला दिएकोछ।

तर सर्वोच्च अदालतका न्यायाधीश सइद खोसाको अध्यक्षतामा रहेको पाँच सदस्यीय बेन्चका तीन न्यायाधीशको संयुक्त जाँच दललाई दुई महिनामा सरिफविरुद्ध भ्रष्टाचार आरोपसम्बन्धी अन्य मुद्दाको जाँच पूरा गर्न आदेश दिएको हो।

सर्वोच्च अदालतको पाँच सदस्यीय बेन्चमा दुई न्यायाधीश प्रधानमन्त्री सरिफविरुद्ध थिए भने तीन जनाले थप जाँचका लागि आदेश दिएका थिए।

सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग नवाज (एन)ले अदालतको फैसलाको स्वागत गरेको छ। उनकी छोरी मरियमले एक ट्विटमा उक्त फैसलाको सराहना गरेकी छिन्। पनामा लिक्स मामिलामा नवाज सरिफ र उनका परिवार सदस्यका नाममा रहेका विदेशी खाता तथा व्यावसायिक कम्पनीलाई लिएर प्रश्न उठाइएको थियो। सरिफका ४ मा तीन सन्तानको नाम चुहावट भएको पानामा पेपर्स ती खातामा जोडिएको थियो।

यदि सर्वोच्च अदालतको फैसला सरिफको विरुद्ध आएको भए उनले पद छोड्नुपथ्र्यो। तर अदालतले यो स्थितिबाट राहत हुने गरी उनलाई हटाउनुपर्ने गरी पर्याप्त प्रमाण नभएको र अन्य मामिलामा जाँच हुने फैसला दिएको हो।

यस फैसलाले सरिफ अब सन् २०२३ सम्म पाकिस्तानको सत्तामा टिक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्