विश्वकै सबैभन्दा मोटी महिलाको आधा वजन चट



नयाँदिल्ली, (एजेन्सी

विश्वकै सबैभन्दा मोटी महिला भएको विश्वास गरिएका तथा भारतको एक अस्पतालमा सोही समस्यालाई लिएर उपचार गराइरहेकी इजिप्टकी एक महिलाले बिहीबार शल्यक्रियापछि आफ्नो २ सय ५० केजी वजन घटेको बताएकी छिन्।

एमाम अब्द एल एटीका परिवारले ५ सय केजी शारीरिक वजनको कारण उनी २५ वर्षसम्म घरबाट निस्कन नसकेको बताएको छ। उनको मुम्बईको साइफी अस्पतालमा दुई महिनाअघि ब्यरियाट्रिक शल्यक्रिया भएको थियो।

अस्पतालले अब उनी  लामो समयसम्म बस्न सक्ने जानकारी दिएको छ। ब्यारियाट्रिक सर्जन डा. मुफाज लकडवालाको नेतृत्वमा रहेको डाक्टरहरूको टोलीले सो शल्यक्रिया गरेको थियो। वजन घटाउने शल्यक्रिया समपन्न भएलगत्तै अब्द एर एटीको तस्वीर अस्पतलालले सार्वजनिक गरेको छ। अत्यन्तै खतरनाक ढंगले मोटाएका मानिसहरूको उपचारको अन्तिम विकल्प भनेकै ब्यारियाट्रिक सर्जरी नै हो। डा. लकडवालाले एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्– ‘उनले निरन्तर वजन घटाउँदै जानेछिन्।’

तर बाल्यकालमै मस्तिष्कघातबाट पीडित भएको कारण उनको शरीरको बाँयाभागमा अझै पक्षघात भएकाले उनी थरथर काम्ने गर्दछिन्।
उनलाई बोल्न र खाना निल्न गार्हो छ। मस्तिष्कघातको कारण पत्ता लगाउन उनलाई सिटी स्क्यान मेसिनभित्र छिराउनुपर्ने भएकाले अस्पतालले उनी अझै दुब्लाउने दिन पर्खेर बसेको बताइएको छ। उनलाई उनकी आमा र बहिनीले हेरचाह गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्