वडा अध्यक्ष लड्न शिक्षक द्धारा राजीनामा



सन्तोष अधिकारी/नेपाल समाचारपत्र
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा गण्डकी गाउँपालिकाको वडाध्यक्षको उम्मेदवारका लागि यहाँका एक शिक्षकले जागिर छाडेका छन् । जिल्लाको ताङ्लीचोकमा रहेको महादेव प्राविका प्रधानाध्यापक देउ बहादुर गुरुङ्ग शिक्षण पेशाबाट राजिनामा दिएका हुन् ।

गण्डकी गाउँपालिका वडा नं. २ ताङ्लिचोकमा कांग्रेसका तर्फबाट वडा अध्यक्ष लड्नका लागि राजीनामा दिएका हुन् । गुरुङ्गको राजीनामा स्वीकृत भइसकेको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले जानकारी दिए । उनलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय भइसकेको कांग्रेस पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्