एमाले र माओवादी केन्द्र बिच चुनावी तालमेल



अनिल खत्री, गुल्मी । स्थानिय तह निर्वाचनको लागी गुल्मीमा नेकपा एमाले र माओवादी केन्द्र बिच तालमेल गरेर निर्वाचनमा भाग लिने भएका छन् । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा बिभिन्न पदहरु बाडेर चुनावी मैदानमा उत्रिने जनाएका छन् ।

एमाले र माओवादी केन्द्र बिच भएको सहमती अनुसार माओवादी केन्द्रलाई ३ गाउँपालिका प्रमुख, ६ वटा गाउँपालिका उपप्रमुख र २४ वटा वडा अध्यक्ष सहित सहमती भएको एमाल गुल्मीेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले बताए । कुल ९३ वडा मध्ये बाकी वडामा एमालेले अध्यक्ष पाउने सहमती भएको छ । सहमती अनुसार एमालेको अध्यक्ष भएको वडामा माओवादी केन्द्रबाट बहुमत सदस्या पाउने बताइएको छ ।

दुई पार्टीको तालमेल अनुसार २ वटा नगरपालिका र ७ गाउँपालिकामा एमालेको तर्फबाट प्रमुख पाउने सहमती भएको छ । सहमती अनुसार माओवादी केन्द्रलाई धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र चन्द्रकोट गाउँपालिका पाउने सहमती भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज बिरबहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्