माओवादी केन्द्रद्धारा निर्वाचन परिचालन समिति गठन



नेपाल समाचारपत्र, बुटवल ।
नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका समितिले नजिकिदै गरेको निर्वाचनको तयारीलाई तिव्रता दिएको छ ।

माओवादी केन्द्रले स्थानिय तहको निर्वाचनलाई लक्षित गरी चुनाव परिचालन समिति गठन गरेको हो ।

केन्द्रिय सदस्य तथा नगर इन्चार्ज निर्मल जिसिको संयोजकत्वमा ५ सय ५ सदस्यीय निर्वाचन परिचालन समिति, अर्का केन्द्रिय सदस्य सुदिप न्यौपानेको संयोजकत्वमा ११ सदस्यीय प्रचार प्रसार समिति, केन्द्रिय सदस्य कृष्ण पोखरेलको संयोजकत्वमा आर्थिक समिति, पुष्पराज ढकालको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति गठन गरिएको प्रचार संयोजक न्यौपानेले जानकारी दिनु भयो ।

वैठकले शनिवार बुटवलको टफिक चोकमा चुनावी सभा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्