भूकम्प गएको दुई वर्ष पछि लाङटाङमा स्वास्थ्यकर्मी पुगे



नेपाल समाचारपत्र, रसुवा । भूकम्पका कारण वगरमा परिणत भएको लाङटाङ विस्तारै तङग्रिदै जान थालेपछि गाँउमा स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मी खटिएका छन् ।
दुई वर्षसम्म स्वास्थ्य सेवाबाट वञ्चित भएका लाङटाङवासीले भवन निमार्ण गरेर जिल्ला स्वास्थ्य कार्यालयलाई उपलव्ध गराएपछि स्वास्थ्य सेवा सुरु गरिएको हो ।

वाल पोषण सप्ताहको अवसर पारेर स्थापना गरिएको स्वास्थ चौकीमा स्वास्थ्य चौकीले उपलव्ध गराउने सम्पुर्ण सेवा नागारिकले पाउने स्वास्थ्य कार्यालयका पोषण कार्यक्रम सम्पर्क व्यक्ति सिअहेव अधिकृत नवराज न्यौपानेले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी स्थापना गरिएसँगै पाँच वर्ष मुनिका ८ जना वालवालिकालाई भिटामिन ए, ७ जना वालवालिकालाई जुकाको औषधी, ९ जनालाई भिटामिन सुक्ष्म तत्व वितरण, ८ जना वालवालिको पाखुरा जाँच र एक जना गर्भवतीको पाखुरा जाँच गरिएको छ ।
स्वास्थ्यकर्मी वस्न तथा औषधी राख्नका लागि समस्या आउने देखेपछि जिल्ला स्वास्थ्य कार्यालय रसुवाले स्वास्थ्यकर्मी तथा औषधी पठाएको थिएन् ।
एक सय १६ घरधुरीको वसोवास रहेको लाङटाङमा विरामी भएमा सिधै हेलीकप्टर चार्टर गरेर काठमाण्ठौ लैजानुपर्ने वाध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्