सिटिजन्स बैंक १०औं वर्ष पूरा



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले स्थापनाको १०औं वर्ष पूरा गरेको छ। वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शंकरप्रसाद शर्माले सिटिजन्स दशक बचत खाता शुभारम्भ गर्नुभयो।
यस योजनाअन्तर्गत निक्षेपकर्ताले न्यूनतम मौज्दात ५ हजार दैनिक मौज्दातमा ५ प्रतिशत ब्याजदर प्राप्त गरिने तथा निःशुल्क एबीबीएस, निःशुल्क डिम्याटसेवा प्राप्त गर्नुका साथ लकर शुल्कमा पनि ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन मानव सेवा आश्रम र संगीतकार संघ नेपाललाई ३⁄३ लाख रुपियाँ सहयोग गरेको छ। बैंकले विगत ५ वर्षदेखि निरन्तर १३ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान बाल विकास समाजमार्फत् १ लाख ३० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ।

त्यस्तै माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्य लिई कार्यरत स्नो याक फाउन्डेसलाई पनि एक लाख, एड्स संक्रमित बालबालिकालाई सेवा प्रदान गरिरहेका संस्था साथ र बेबी लाइफ होमलाई एक⁄एक लाख, मिर्गौला तथा अन्य मानवअंग प्रत्यारोपण गर्नुपर्ने बिरामीको सहयोगका लागि बैंकले आरोग्य फाउन्डेशनलाई दुई लाख, बाबु–आमा जेल परेका बालबालिकालाई सहयोग गरिरहेको बन्दी सहायता नेपाललाई एक लाख ४० हजार, कुलेश्वर माध्यमिक विद्यालयमा कम्प्युटर कक्ष निर्माण गर्न दुई लाख १० हजार, बाल विनोध माध्यमिक विद्यालयलगायत विभिन्न संस्थालाई पनि बैंकले आर्थिक सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस्