अब कुनै षड्यन्त्रले चुनाव रोकिन्नः प्रधानमन्त्री



नेपाल समाचारपत्र
झापा, (नेस
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कुनै पनि षड्यन्त्रले बिथोल्न खोजे पनि स्थानीय तहको निर्वाचन नरोकिने दाबी गर्नुभएको छ। आन्दोलनरत मधेसी मोर्चालाई समेत स्थानीय निर्वाचनमा भाग लिन आग्रह गर्दै प्रधानमन्त्री दाहालले वैशाख ३१ मा जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन हुनेमा विश्वस्त पार्नुभयो।

झापाको बिर्तामोडमा बिहीबार वाईसीएल नेपाल र अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन तथा बृहत जनसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले इतिहासमै पहिलोपटक जनतालाई अधिकार सम्पन्न बनाउने र गाउँगाउँमा सिंहदरबार पुर्याउने अधिकारसहितको स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै यसलाई कुनै बहानामा रोक्न नहुने बताउनुभयो।

स्थानीय निर्वाचन रोक्ने केही संकेत देखिएको इंकित गर्दै प्रधानमन्त्री दाहालले आकाश खस्दा र जमिन भासिँदाबाहेक अब कुनै पनि अवस्थामा निर्वाचन नरोकिने बताउनुभयो।

मधेसी मोर्चासँगको समझदारीमा दोस्रो संविधान संशोधन विद्ययेक दर्ता भएको दाबी गर्दै उहाँले संशोधन विधयेक र निर्वाचन दुबै अस्वीकार गर्ने मोर्चाको निर्णयले आफूलाई आश्चर्यचकित बनाएको बताउनुभयो।
चुनावी परिणाम आफ््नो वा अर्काको पक्षमा पर्छ भन्ने डरले निर्वाचनबाट पछि नहट्न सबै दललाई आग्रह गर्दै प्रधानमन्त्री दाहालले अधिकारलाई संस्थागत गर्ने अवसरमा भाग नलिए मधेसी मोर्चालगायतका दलको ऐतिहासिक भूल हुने बताउनुभयो। उहाँले अब आफूले मोर्चालाई अन्तिमपटक निर्वाचनमा सहभागी बन्न आग्रह गर्ने र नआए त्यसको मूल्य मोर्चा आफैंले चुकाउनुपर्ने बताउनुभयो।
कार्यक्रममा माओवादी केन्द्रका नेता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, पूर्वअर्थमन्त्री वर्षमान पुन, १ नम्बर प्रदेश इञ्चार्ज गोपाल किराँतीले स्थानीय निर्वाचन हुन नदिने षड्यन्त्र शुरू भइसकेकाले यसको प्रतिवादमा लाग्नुपर्ने धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्