बरकुलपुरलाई बालविवाह मुक्त बनाउने



सीताराम चौधरी, कपिलवस्तु ।
“म बालबिवाह गर्दिन, आÏनो परिवार र छरछिमेकमा पनि हुन दिन्न” भन्दै बरकुलपुरका युवाहरुले प्रतिबद्धता जनाएका छन् ।
“बिहेबारी, २० वर्ष पारि” नारालाई अवलम्बन गर्दै सबै मिलेर सबै लागिपरे बाल बिवाह अन्त्य गर्न सकिन्छ भन्ने बिश्वासका साथ कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९, साविक बरकुलपुर गाविसका युवाहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।

युवा सूचना केन्द्र बरकुलपुरकी अध्यक्ष समिक्षा बेल्बासे यतिबेला आफ्नो गाउँ समुदायमा हुने गरेका बालविवाह जस्ता कुसंस्कारको विरुद्धमा उत्रिएकी छन् । गाउँघरमा अभिभावक र बालबालिकालाई अभिमुखीकरण गर्नमै प्राय दिन बित्ने गरेको उनी बताउँछिन् ।


उनीजस्तै युवा सूचना केन्द्रमा आबद्ध युवायुवती पनि साविक बरकुलपुर गाविस (हाल बुद्धभूमि नगरपालिका वडा नं. ९) लाई सन् २०१७ भित्र बालविवाह मुक्त बनाउन सामुहिक अभियानमा जुटेका छन् ।

यस्तै सृजनशील युवा क्लब बरकुलपुरका अध्यक्षलाई पनि अभियानबाटै फुर्सत छैन । साविक बरकुलपुर गाविसका युवाहरु सन् २०१७को अन्तसम्म गाविसलाई बालविवाह मुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्