पत्रकार महासंघ अछाममा झण्डै कुटाकुट



बिष्णुप्रसाद भण्डारी, अछाम
पत्रकार महासंघ एकलौटी घोषणा गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको चौथो अधिबेशनको बन्दसत्रका क्रममा पत्रकारहरुका बिच बिबाद देखिएको छ ।

प्रेस युनियन र प्रेस सेन्टरले एकलौटी रुपमा महासंघ घोषणा गरेको भन्दै प्रेस चौतारीले असन्तुष्टि जनाए पछि बिबाद देखिएको हो । त्यस क्रममा दुई पक्षबिच केही समय झडपको स्थिती समेत देखिएको थियो ।

अधिबेशन सम्पन्न गर्न आएका केन्द्रिय प्रतिनिधिलाई आक्रोसित प्रेस चौतारी निकट पत्रकारहरुले केही समय कोठामा थुनेर समेत राखेका थिए ।

असन्तुष्ट पक्षले होटेल ज्ञानुप्लाजा अगाडी केही समय नाराबाजी समेत गरेका थिए । बिबादकै कारण गत चैत्र १० गते बन्दसत्रमै प्रबेश नगरी स्थगित भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको चौथो अधिबेशनको बन्दसत्र हिजो पुनः सुरु भएको थियो ।

चैत्र १० गतेका दिन अधिबेशन उद्घाटन भएपनि पत्रकार संगठनहरुका बिच सहमती कायम हुन नसेका कारण बन्द सत्र हुन सकेपछि नेतृत्व चयन प्रक्रिया रोकिएको थियो । प्रेस युनियन र प्रेस सेन्टरले एकलौटी महासंघ घोषणा गरेपछि आफुहरुले पनि छुट्टै समानान्तर समिति गठन गर्ने प्रेस चौतारीले जनाएको छ ।

प्रेस युनियन र प्रेस सेन्टरले जनक भण्डारीको अध्यक्षतमा एकलौटी रुपमा महासंघ घोषणा गरेको भन्दै प्रेस चौतारी अछामको आरोप छ । आफुहरुले पनि छुट्टै समिति बनाउने तायरी गरिरहेको प्रेस चौतारी नेपाल जिल्ला समिति अछामका अध्यक्ष टेकराज भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्