किक् बक्सिङ खेल्न तीन खेलाडी अस्काबाद जाँदै



नेपाल समाचारपत्र, काठमाडौं ।
तुर्किमिनिस्तानको राजधानी अस्काबादमा हुने किक् बक्सिङ खेल खेल्न नेपालका तीन खेलाडी जाने भएको छ । अप्रिल २४–३० सम्म अस्काबादमा वक्को एसियन किक् बक्सिङ च्याम्यिनसीप २०१७ हुन लागिरहेको हो ।

४७ एसियाली देशका खेलाडी सहभागि हुने किक बक्सिङ खेलमा नेपालको तर्फबाट सेनाका दिवस श्रेष्ठ, एपिएफका निकेश श्रेष्ठ र केन्द्रीय डोजोका राजुराजा शाही जाने भएको हो ।

तौल समूहमा प्रतिस्पर्धा हुने उक्त खेलका लागि सेनाका दिबसले ६९ केजी, एपिएफका निकेशले ७४ केजी र केन्द्रीय डोजोका राजुराजाले ७१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

दिपक श्रेष्ठको प्रशिक्षणमा तयारी गरिरहेको सो टोली शनिबार अस्काबाद तर्फ प्रस्थान गर्ने खेलाडी निकेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्