चट्याङ लागेर मृत्यु



नेपाल समाचारपत्र, काठमाडौँ ।
पर्साको गढिमाई गाउँपालिका–३ स्थित हरदासपुर बस्ने २६ बर्षीय धामबाबु पटेलको चट्याङ लागेर मृत्यु भएको छ ।

बुधबार सोही गाउँपालिका–९ स्थित खेतमा काम गरी रहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका पटेललाई बिरगंज हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यसैगरी मकवानपुरको मनहरी गाँउपालीका–४ हाडिखोलामा बुधबार बर्षासंगै परेको चट्याङ लागेर बेहोस भएका लामपाखा बस्ने राजकुमार प्रजाको ९ बर्षीय छोरा अशोक प्रजाको चुरेहील अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिका–११ चुनाटार बस्ने ३३ बर्षीया बेल कुमारी थापा श्रेष्ठको बुधबार आफ्नै घर गोठमा काम गरिरहेको अवस्थामा बर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार तेह्रथुम फेदाक गाँउपालिका–४ बस्ने ५३ बर्षीया फितरानी राईको बुधबार भान्साकोठामा काम गरी रहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्