स्याङ्जामा १.२ प्रतिशत बालबालिका विद्यालयबाहिर



वालिङ, ७ वैशाख । विद्यालय उमेर समूहका १.२ प्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन जिल्ला शिक्षा कार्यालय स्याङ्जाले भर्ना अभियानलाई तीव्रता दिएको छ ।

सरकारले विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेका बेला स्याङ्जामा विभिन्न क्षेत्रमा रहेका विद्यालय ५ देखि ९ उमेर समूहका १.२ प्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने पहल भइरहेको सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाले बताउनुभयो ।

“जिल्लामा विशेषगरी इँट्टाभट्टा, सडक बालबालिका तथा होटल रेस्टुराँमा काम गर्ने विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयको पहुँचसम्म ल्याउनका लागि अनौपचारिक शिक्षा कार्यक्रमअन्तर्गत अभियान चलाउने र घरदैलो गरेका छौँ”, सहायक जिशिअ सापकोटाले बताउनुभयो ।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्