गैरकानुनी काम गर्न दबाब ः आयोग



काठमाडांै, (नेस)
निर्वाचन आयोगले राप्रपाको पछिल्लो गतिविधि र पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको अभिव्यक्तिलाई कानुनअनुसार काम नगर्न दिइएको दबाबको संज्ञा दिएको छ।

आयोगले बुधबार एक विज्ञप्ति प्रकाशित गरी सो संज्ञा दिएको हो। आयोगले केही समयअघि आफ्नो पार्टीको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाइएको विरुद्धमा राप्रपाका अध्यक्ष थापाले कडा अभिव्यक्ति दिँदै आउनुभएको सन्र्दभमा आयोगको सो विज्ञप्ति आएको हो।

केही दिनअघि राप्रपाले आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै आयोगको कार्यालय घेराउ र आयोगको निर्णय जलाएको थियो। अध्यक्ष थापाले आयोगको निर्णय नसच्याए सरकार छाड्ने र स्थानीय तहको निर्वाचनमा समेत भाग नलिने चेतावनी दिँदै आउनुभएको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले हस्ताक्षर गर्नुभएको सो विज्ञप्तिमा भनिएको छ– ‘संविधान र कानुनअनुसार आयोगले कार्यसञ्चालन गरिरहेको अवस्थामा कानुनअनुसार कार्य नगर्न दबाब दिने क्रियाकलापप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दछ।’

प्रतिक्रिया दिनुहोस्