लोक संस्कृतिमा खरेलको लै बरी लै



गीतकार, निर्देशक तथा लेखक यादव खरेलले आफ्नो नयाँ गीति अडियो एल्बम लै बरी लै सार्वजनिक गरेका छन्।

बुधबार सो एल्बमको उत्पादक कम्पनी म्युजिक नेपालले राजधानीको गौशाला, पिंगलास्थानस्थित नेपाल म्युजिक स्कुलमा एक कार्यक्रमको आयोजना गरी उनको १८आंै गीति एल्बम सार्वजनिक गरेको हो।

समारोहमा सस्कृतिविद् सत्यमोहन जोशी गीतकार नागेन्द्र थापा, म्युजिक नेपाल अध्यक्ष सन्तोष शर्मा तथा गीतकार खरेलले संयुक्तरूपमा एल्बम सार्वजनिक गरेका थिए।

कार्यक्रमा बेल्दै सस्कृृतिविद् तथा कार्यक्रमका सभापति सत्यमोहन जोशीले लोक संस्कृतिमा आधारित यस एल्बमले परिवर्तित समाज र युवा पुस्तामा आफ्नो संस्कृति सार्न मद्दत गर्ने बताए। त्यसै गरी गीतकार खरेलले आफ्नो एल्बम लोकसंस्कृतिमा आधारित भएको खुलाउँदै यस एल्बममा विवाहमा खेलिने रत्यौली, तीजको गीत, तिहारको गीत, विवाहमा गाइने श्लोकहरु समावेश गरेको बताए। एल्बममा संगृहित गीतले नेपाली संस्कार र संस्कृति झल्काएको छ। ‘हराउँदै गएको हाम्रो मौलिक लोक संस्कार र संस्कृति जीवन्त रहोस् भन्ने प्रयासस्वरूप यो एल्बम तयार पारिएको हो’ –उनले भने।
म्युजिक नेपालले प्रस्तुत गरेको एल्बममा ६ वटा गीत समावेश छन्। जसमा तुलसी पराजुली, माण्डवी त्रिपाठी, अञ्जना गुरुङ, धम्रेन्द्र सेवान, इन्दिरा गुरुङ, लोचन भट्टराई, जुना प्रसाईं, आभा मुकारुङ, कर्म न्यालुच्छेनलगायतका गायकगायिकाको स्वर रहेको छ। यी गीतमा शिलाबहादुर मोक्तान, गणेश परियार, शम्भुजित बास्कोटालगायतले संगीत भरेका छन्।

प्रतिक्रिया दिनुहोस्