विचरा ⁄ प्रचण्ड



अहिले स्थानीय तहको चुनावको माहौल छ। मधेसी मोर्चाआवद्ध दलहरू चुनावका लागि तयार नभएको अवस्था पनि छ। मोर्चाको आन्दोलन। यति मात्र होइन, यो भन्दा पनि धेरै छन् टेन्सन। त्यसलाई बोक्दै हिँडिरहनुभएको छ हाम्रा प्रधानमन्त्री प्रचण्डज्यू।

‘टेन्सन’ नहोस् पनि कसरी विचरा⁄ अनेकौं प्रयासका बाबजूद पनि मोर्चालाई फकाउन सक्नुभएन। यो जति उहाँलाई ‘टेन्सन’ को विषय हो त्यति नै ‘टेन्सन’ को विषय बनेको छ धराहरालाई पनि।

बुधबार बालुवाटारमा आयोजित पाँच दलको बैठकमा उहाँले मधेसी मोर्चालाई चुनावमा ल्याउन अनेकौं प्रस्तावहरू ल्याएको तर मोर्चाले नमानेको भन्दै गुनासो गर्नुभयो। यसबाट उहाँ धेरै दुःखी हुनुभएको धराहरालाई अनुभूति भयो।

अनेकौं प्रयास गर्दा पनि मोर्चालाई सहमतिमा ल्याउन नसकेपछि आसन्न चुनाव सार्नुपर्ने वा दुई चरणमा गर्नुपर्ने वा स्थगित नै गर्र्नुपर्ने भन्ने उहाँको मनमा पलाएको शंका धराहरालाई पनि जायज लागेको छ है, पाठकवृन्द ⁄

प्रतिक्रिया दिनुहोस्