ट्रम्पद्वारा ‘अमेरिकी नै किनौ, अमेरिकी नै राखौं’ आदेश जारी



वासिङटन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकी नै किनौ, अमेरिकी नै राखांै’ भन्ने उद्देश्य सहितको कार्यकारी आदेशमा मंगलबार हस्ताक्षर गरेका छन्।

अमेरिकाको विस्कन्सिनस्थित एउटा उद्योगको स्थलगत भ्रमणको क्रममा ट्रम्पले उक्त आदेश पत्रमा हस्ताक्षर गरेकोे सरकारी अधिकारीहरूले जनाएका छन्।

सयाँै मजदुरहरू सामु कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भनेका छन्, ‘यो कार्यबाट हामी विश्वलाई निकै ठुलो सन्देश र संकेत प्रवाह गरेका छौंँ, हामीले हाम्रा कामदारलाई संरक्षण गर्ने छाँैं, हाम्रा जागिरको प्रतिरक्षा गर्ने छाँैं र अन्त्यमा अमेरिकीलाई नै प्रथम प्राथमिकतामा राख्ने छौं।

यस पछिल्लोे कार्यकारी आदेशले प्रवेशाज्ञा प्रणालीमा केही प्रभाव पार्ने देखिएको छ। त्यसैगरी बसाइँ सराई प्रणालीका कतिपय त्रुटी सच्याउने अवसरका रुपमा पनि यस आदेशलाई लिइएको छ। ‘अमेरिकी नै किनौ, अमेरिकी नै राखौं’ लाई अमेरिकी उत्पादन खरिद गर्न र अमेरिकी नागरिकलाई काममा लगाउन प्रोत्साहित गर्ने गरी आदेश ल्याइएको अधिकारीहरूले जनाएका छन्।

राष्ट्रपति कार्यालयका सञ्चार सचिव साराह सन्मेर्सले यस आदेशले अमेरिकालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेकाछन्। अमेरिका बनाउने र अमेरिकी कामदारहरूको पक्षमा यो आदेश भएको उनको भनाइ छ।

आदेशमा विशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने विदेशीलाई दिइने प्रवेशाज्ञासम्बन्धी कार्यक्रममा समीक्षा गर्ने उल्लेख पनि गरिएको छ। केहि मुश्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउन ट्रम्पले हस्ताक्षर गरेको यस अघिको कार्यकारिणी आदेशलाई अदालतले रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्