बर्दियामा स्थानीय तहको निर्वाचन तयारी तीब्र



बिष्णु तिमिल्सिना, बर्दिया ।
बैशाख ३१ हुने लागेको निर्वाचानको तयारी बर्दिया जिल्लामा निर्वाचन कार्यालयले तीब्र पारेको छ । जिल्लाका ६ वटा नगरपालिका र २ वटा गाँउपालिकाका लागि हुने निर्वाचन प्रयोजनका लागि ३ सय १४ वटा मतदान केन्द्र निर्धारण गरीएको छ ।

बर्दिया जिल्लामा यस बर्ष कुल २ लाख ५३ हजार ८ सय ८५ मतदाता रहेको निर्वाचान कार्यालयले जनाएको छ । उपरोक्त मतदाता मध्य १ लाख २४ हजार ९ सय ६२ पुरुष र १ लाख २८ हजार ८ सय १८ जना महिला तथा ९ जना तेस्रो लिंङ्गी रहेका छन् । दोस्रो संबिधानसभाको निर्वाचन भन्दा यस बर्ष हुने निर्वाचनमा ३७ हजार ४ सय ८७ जना अर्थात १७.३२ प्रतिशत मतदाता बृद्धि भएको छन् ।

निर्वाचनमा मतदातालाई सहयोग पुर्याउनका लागि निर्वाचन आयोगबाट मतदाता शिक्षा कार्यक्रम शुरु गरीएको छ । उक्त मतदाता शिक्षा कार्यक्रम सञ्चालनको लागि बिभिन्न १० वटा समुहमा ३ सय २३ जनालाई मतदाता शिक्षा सम्बन्धी २ दिने तालीम प्रदान पनि गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्