राष्ट्रपति भण्डारीलाई गुजरातमा स्वागत



राजकोट (भारत), ६ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात राज्यको राजकोट पुग्नुभएको छ ।

राजकोट विमानस्थलमा उहाँलाई गुजरात राज्यका गृहमन्त्री प्रदीप जाडेजाले स्वागत गर्नुभयो । स्थानीय झाँकी र वेशभूषासहित स्थानीयवासीले पनि उहाँलाई स्वागत गरेका थिए ।

नयाँदिल्लीका महत्वपूर्ण भेटघाट र कार्यक्रम सम्पन्न गरी राष्ट्रपति भण्डारी आज गुजरातको चौथो ठूलो सहर राजकोट आउनुभएको हो । अहिले राष्ट्रपति भण्डारीले यहाँस्थित सोमनाथ मन्दिरको अवलोकन गरिरहनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्