बदलिन नचाहने परम्परा



रमेश केशरी वैद्य

अविकसित मुलुक भनौं भने सानो मुलुक भएर पनि अपार धन छ यहाँ, जसको कुनै सदुपयोग भएको छैन। यदि प्रयोग भएको भए ठूला उद्योगहरुको विकास हुन्थ्यो होला, विदेशिएका नेपालीका लासहरु खाडी मुलुकबाट बराबर हाम्रो मुलुकमा आउँदैनथे होला।
यो सबैलाई थाहा भएको कुरा हो, मानिसको जीवन एकपल्ट हुन्छ र जन्मेपछि मानिस मर्नुपर्दछ। त्यस कारण मानिसले आफ्नो जीवनमा खान, पिउन र कमाउनुबाहेक अरू राम्रा–राम्रा कुराहरु सोच्नु र गर्नु जरुरी छ, व्यक्ति समाज र मुलुकका लागि।

यसै सन्दर्भमा कुरा गर्दा संसारमा राम्रा मानिस, खराब मानिस, रमाइलो ठाउँ, नरमाइलो ठाउँ, विकसित मुलुक, अविकसित मुलुक आदि हुन्छन्। तर, हाम्रो मुलुकचाहिँ बीचको भागमा परेको मान्न सकिन्छ। कारण हाम्रो मुलुकलाई न विकसित मुलुक भन्न मिल्दछ, न त अविकसित मुलुक ।

विकसित मुलुक भनौं भने सधंै राजनैतिक कलहका साथै धुवा, धूलो खानुपर्ने, लुच्चा–फटाहहरुको संस्कारमा बाँचिराख्नुपर्ने, अब अविकसित मुलुक भनौं भने सानो मुलुक भएर पनि अपार धन छ यहाँ, जसको कुनै सदुपयोग भएको छैन। यदि प्रयोग भएको भए ठूला उद्योगहरुको विकास हुन्थ्यो होला, विदेशिएका नेपालीका लासहरु खाडी मुलुकबाट बराबर हाम्रो मुलुकमा आउँदैनथे होला। हुन त देशमा भइराखेको अपार धन दाताबाट आउने रकम, रेमिट्यान्स तथा कर रकमहरु नै हुन्। वास्तवमा यी सब रकमहरुको तहबह मिलाउन राम्रा बुद्धिजीवीहरु अग्रसर हुनु जरुरी छ। सधैं मुलुक हाँक्नेहरु कुरा एउटा काम अर्को गर्ने गर्दछन्। जसले गर्दा ठूल्ठूला पूर्वाधारका कुराहरु गफमा मात्र सीमित भइरहेको हुन्छ। यसले गर्दा हामीले मुलुक हाँक्नेहरुप्रति सधैं शंकाको दृष्टिले हेर्नुपर्ने अवस्था आइराखेको छ।

हाम्रोजस्तो मुलुकमा देशमा भइरहेको विकासको ढिलाइप्रति व्यक्ति र समाज पनि दोषी देखिन्छ। कारण मानिसहरुमा अन्यायविरुद्ध लड्ने क्षमतामा कमी छ। जस्को फाइदा मुलुक हाँक्नेहरुले लिइराखेको देखिन्छ। कारण लोकतन्त्र पश्चात् हाम्रो संस्कार यस्तो भइसकेको छ कि, सधैं पैसा, सधैं दोषारोपण र सधैं कलहको वातावरणमा हाम्रो जिवन बितिराखेको छ।

जीवनमा बाँचुञ्जेल देश र समाजका लागि एउटा राम्रो काम गर्छु भनेर सबैले संकल्प लिने बेला आएको छ तर समय भने हाम्रो मुलुकमा जस्ताको तस्तै भइराखेको छ। कहिले संविधान, कहिले संघीयता, कहिले चुनाव आदि। यसपछि फेरि नयाँ कुराका लागि कलह, अहिले राजनैतिक अवस्थामा निकै उथलपुथल आउन जरुरी छ, कारण नयाँ प्रणाली आइसकेपछि पनि पुरानै ढाँचामा मुलुक गइराख्ने हो भने देश चलाउनेहरुले गरेको मेहनत सबै बेकार जानेछ।

अहिले सर्वसाधारणको चाहना भन्नु नै नयाँ बुद्धिजीवी अनुहार, निष्पक्ष चुनाव र विकासहरु नै हुन्। हेरौं समयले कस्तो रूप देखाउने हो ? वास्तवमा भन्ने हो भने खानु, पिउनु, कमाउनु मात्र हाम्रो जिन्दगी होइन, योबाहेक हामीले समाज र देशका लागि गर्नुपर्ने कुराहरु धेरै छन्, जुन नपुग छ। एकपल्ट फेरि आशा गरौं, चुनाव हुँदै छ, असन्तोष पक्षहरु पनि मिल्ने प्रयास गरौं, राम्रा–राम्रा व्यक्तिहरुको यो क्षेत्रमा आगमन होस्। यिनीहरुको योगदानले मुलुक राम्रो हुँदै जाओस्।

मुलुक राम्रो भन्नाले स्कुल, कलेज, हस्पिटल र सुविधाजनक भौतिक साधनहरुको विकास त भयो तर सर्वसाधारणलाई यी सब साधनको उपभोग गर्ने कुरामा भने कठिनाइ आइपरेको छ। अहिलेको समयमा बिजुली पानीको समस्या त करिब करिब हल हुन लागेको छ। साथै कडा कानुन, उद्योग विकास तथा बाटोहरुको विकास पनि चाँडैभन्दा चाँडै हुनु जरुरी छ।

एकपल्ट फेरि भन्नुपर्दा सानो तथा नकारात्मक सोच, दोषारोपण जस्ता कुराहरुलाई तिरष्कार गरी देश हाँक्नेहरुसहित व्यक्ति तथा समाज परिवर्तन हुनुपर्दछ, अन्यथा यो मुलुकको अवस्था सधैं यस्तै रूपमा रहिरहनेछ।
ज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञ

प्रतिक्रिया दिनुहोस्