एमालेबाट खत्रीलाई सर्वसम्मत सिफारिस



नविन श्रेष्ठ, सिन्धुली

नेकपा एमालेले कमलामाई नगरपालिकाको मेयर पदको उम्मेदवारमा खड्ग खत्रीलाई उठाउने सर्वसम्मत निर्णय गरेको छ। सोमबार बसेको नेकपा एमाले कमलामाई नगर समितिको बैठकले खत्रीलाई स्थानीय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार बनाउने सर्वसहमत निर्णय गरेको हो।

मेयर पदका आकांक्षी धेरै भए पनि वरिष्ठताको आधार र क्रियाशीलताको आधारमा खत्री सिनियर भएकाले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमालेले जनाएको छ। आकांक्षीका रूपमा जिल्ला कमिटीका उपसचिव महेन्द्रदेव श्रेष्ठ, सचिव सूर्य पाख्रिन, जिल्ला कमिटी सचिवालय सदस्य विनोद खड्का, पूर्वकमलामाई नगर कमिटी अध्यक्ष चूडामणि श्रेष्ठ, जिल्ला कमिटी सदस्य कर्ण घिसिङ देखिएका थिए।

अन्तिम अवस्थामा चूडामणि श्रेष्ठले वडा नं. ४ को वडा अध्यक्ष र कर्ण घिसिङले वडा नं. ७ को वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय गर्दै मेयर पदको दौडबाट बाहिरिएका थिए भने महेन्द्रदेव श्रेष्ठ र विनोद खड्का मेयरको टिकटको लविङमा नै थिए। सचिव सूर्य पाख्रिन यस संविधानसभा निर्वाचन २०७० मा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार भइसकेका कारण उनले आकांक्षा देखाए पनि टिकटको लविङबाट बाहिरिसकेका थिए।

बैठकमा श्रेष्ठ र खड्काले खत्रीलाई समर्थन गर्दै सर्वसम्मत खत्रीलाई मेयरको उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको छ। जिल्ला कार्यसमितिले सुझावसहित प्रदेश समितिलाई सिफारिस गर्नेछ र प्रदेश समितिले टिकट दिने व्यवस्था छ।

मयेरको उम्मेदवारको टुंगो लागे पनि उपमयरको भने टुंगो लाग्न सकेको छैन। उपमेयरमा ५ जना आकांक्षीको नाम जिल्ला कार्यसमितिमा सिफारिस भएको नेकपा एमालले जनाएको छ। सिफारिस हुनेमा कमला पोख्रेल, मञ्जु देवकोटा, पर्वती भट्टराई, रमा शर्मा र अप्सरा खड्काको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ। उपमेयरमा महिला अनिवार्य गरेपछि यस नगरपालिकामा महिला आकांक्षीहरु बढी देखिएका हुन्।

मेयरको उम्मेदवारको टुंगो लागे पनि उपमेयरको भने टुंगो लाग्न सकेको छैन।

मेयरको उम्मेदवारीका लागि सिफारिस भएका खत्री २०४१ मा अनेरास्ववियुबाट राजनीति थालेर ०४६ सालको जनआन्दोलमा विद्यार्थीबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै ०४९ सालको स्थानीय निर्वाचनबाट तत्कालिन शिद्धेश्वर गाविसको वडा नं. ७ को वडा अध्यक्ष निर्वाचित भएका थिए। २०५० सालबाट नेकपा एमाले ९ नं. इलकाको सचिव, ०५४ सालको स्थनीय निर्वाचनमा कमलामाई नगरपालिकाको वडा सदस्यसमेत भएका थिए।

पार्टीको जिल्ला किमिटी सदस्य, कार्यालय सदस्य हँुदै पार्टी सचिवको नेतृत्वमा सञ्चालन हुने व्यवस्था हुदा उपसचिव र कार्यभार सचिव (पार्टीको कार्यभार जिल्ला प्रमुख) भई काम गरेको खत्री मावि खैरेनी गडौलीको विगत १८ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भइरहेका छन्।

संविधानसभा निर्वाचनमा क्षेत्र नं. २ मा पार्टी उम्मेदवारीको टिकटका लागि अन्तिम चरणसम्म संघर्ष गरेर पनि पार्टीको केन्द्रीय समितिले उमा कोइरालालाई टिकट दिएपछि संविधानसभाको निर्वाचनमा उम्मेदवार हुन पाएका थिएनन्।

 

प्रतिक्रिया दिनुहोस्