भक्तपुरका उत्कृष्ट खेलाडी सम्मानित



SONY DSC

भक्तपुर, (नेस)

ह्याङला आदिवासी युवा तथा खेलकुद समितिले भक्तपुरका ३४ जना कराते तथा किक बक्सिङका पदकधारी खेलाडीहरुलाई सम्मान गरेको छ। समितिले गत वर्ष स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको पदकको आधारमा ती खेलाडीहरुलाई सम्मान गरेको हो।

जसमा सितेरियो करातेतर्फ महिलामा करुणा श्रेष्ठ र पुरुषमा सुवास परियार सर्वोत्कृष्ट भए। किक बक्सिङतर्फ प्रकाशकुमार विष्ट सर्वोत्कृष्ट पुरुष खेलाडी बनेका हुन्। कार्यक्रममा सिद्धि स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष समाजसेवी श्यामसुन्दर धौभडेल, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, सितेरियो करातेका वरिष्ठ प्रक्षिक मनोज कायस्थलगायतले ट्रफी, टीसर्त, सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्