नेक्सस कप क्रिकेटको लिग सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौ
१६ वर्ष मुनिको उमेर समुहअन्तर्गत नेपालकै ठुलो पुरस्कार राशी भएको पहिलो नेक्सस कप यु –१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लिग चरण खेलहरु मंगलबार सम्पन्न भएका छन्।

चैत्र २३ गते शुरू भएको प्रतियोगितामा सातवटै प्रदेशबाट २८ टोलीको सहभागिता रहेको छ। चार समूहमा विभाजन गरी संचालन गरिएको लिग चरणका ८४ खेलहरु सम्पन्न भएका हुन्। हरेक समूहबाट दुई दुई टोली क्वाटरफाईनलमा प्रवेश गरेका छन्।

स्वबीच स्पोर्टस्को सहकार्यमा संचालित उक्त प्रतियोगिताको अन्तिम आठमा ग्रेटर हिमालयन क्रिकेट एकेडेमी, चितवन क्रिकेट एकेडेमी, मध्यपश्चिम क्रिकेट क्लव, सनराईज क्रिकेट एकेडेमी, नेपाल क्रिकेट समर्थक समाज, धनगडी क्रिकेट एकेडेमी, र मध्यपश्चिमाञ्चल क्रिकेट एकेडेमी प्रवेश गरेका छन्।

ट्रिटन कलेजको विशेष सहयोगमा सञ्चालित उक्त प्रतियोगिताका क्वाटरफाइनलका सबै खेल बुढानिलकंठ स्थीत खेल मैदानमा सम्पन्न हुनेछन्। प्रयोगिताको बिजेता टोलीले १ लाख ५० हजार र उपविजेताले १ लाख रुपियाँ पुरस्कार पाउनेछन।

प्रतिक्रिया दिनुहोस्