ट्रम्पले एचवनबी भिसामा सुधार गर्न आदेश जारी गर्ने



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले एचवनबी भिसा कार्यक्रममा सुधारका लागि सुझाव दिन सरकारी विभागलाई परिपत्र गर्ने एक आदेश जारी गर्ने भएको छ। साथै सरकारी सामानको खरिदमा अमेरिका निर्मित उत्पादहरुको विक्री बढाउनका लागि पनि आदेश जारी हुने जनाइएको छ।
ह्वाइट हाउसका दुई अधिकारीका अनुसार ती दुबै आदेश ट्रम्पको ‘अमेरिकी सामान किन्नु, अमेरिकीलाई रोजगार दिनु‘ निति अन्तर्गत जारी हुन लागेको हो।

एक वरिष्ठ अधिकारीले एच१बीसँग सम्बन्धित ट्रम्पको आदेशमा श्रम, न्याय, गृह र विदेश मन्त्रालयलाई अमेरिकी आप्रवासन तन्त्रमा भइरहेको अनियमिततालाई रोक्नका लागि कदम चाल्न भनिनेछ र यसबाट अमेरिकी जनशक्तीको हितको रक्षा हुनु पर्नेछ।
उक्त आदेशमा एच१बी भिसा सबैभन्दा धेरै दक्ष वा सबैभन्दा धेरै तलव पाउन आवेदकहरुलाई मात्र प्राप्त हुने सुनिश्चितताका लागि सुधार गर्न निर्देशन दिइएको जनाइएको छ।

अमेरिकामा धेरै अगाडी देखि एच१बी भिसा कानुनको गलत प्रयोग भइरहेको विषयमा बहस भइरहेको छ। विशेष गरी भारतबाट अत्यन्त कम ज्यालामा कामदार ल्याएर अमेरिकी नागरिकलाई रोजगारबाट बन्चित गरिरहेको भन्ने आरोप निजि कम्पनीहरुमाथि लाग्दै आएको छ।

अमेरिकी सरकार प्रत्यक बर्ष ६५ हजार एच१बी भिसा लोटरीका माध्यमबाट जारी गर्दै आइरहेको छ। अमेरिकी आप्रवासन विभागले गतबर्षको तुलनामा एच१बी भिसा आवदेकको संख्यामा यो पटक ठुलो गिरावट आएको जनाएको छ। गत बर्ष २ लाख ३६ हजारले यसका लागि आवेदन पत्र भरेका थिए भने यो पटक १ लाख ९९ हजारमात्र रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्