प्रोटोकलको गफ



राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणमा भएको बिमानस्थलको स्वागत शैलीलाई लिएर धरहरा वरपरपनि निकै चर्चा पाएको छ। । तर, त्यो कुरा त्यति चर्चा गर्न आवश्यक नभएको भन्नेपनि धेरै देखिए। किनकि कुनैपनि विषय सम्बद्ध राष्ट्रले तय गर्ने प्रोटोकलको विषय हो।

त्यसमा यसै गर वा उसै गर भनेर आफूले भन्ने कुरा नै होइन। बरु सबैभन्दा पहिला आफ्नो देशको प्रोटोकल चाहिं पहिला तय गर्नेतिर ध्यान दिनु जरुरी रहेको धेरैले बताएको पाइएको छ।

विदेशबाट कोही आयो भने ‘हाम्राहरु’ नै लर्को लागेर बिमानस्थल जान्छन् अनि कसरी हुन्छ ? भन्नेहरु धेरै पाइए। परराष्ट्र मन्त्रालय मातहतको शिष्टाचार शाखाले पहिला भ्रमणको क्रममा अपनाउनुपर्ने शिष्टाचार सम्बन्धी मापदण्ड बनाउनुपर्यो। त्यो मापदण्डमा हाम्रा ठूलाबडाहरुलाई सबैभन्दा पहिला बाँध्नु पर्यो। त्यसपछि शिष्टाचारको मामिला आफैं टुगिइहाल्छ।

नत्र, यस्ता गनगन सधैं दोहोरिने संभावना छ। कहिलेबाट तात्ने होलान् त ‘हाम्राहरु’ यस विषयमा ? केही समय पर्खिनै पर्ला। होइन त पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्