बाख्राले परिवारको ज्यान जोगायो



आर्कान्सास,(एजेन्सी)
गत साता आफ्नी दश वर्षिया छोरी अविगेल ब्रुसलाई उनको जन्मदिनमा कसैले एउटा बाख्रा उपहार दिँदा वास्त्वमै उनकी पिता त्यति खुशी देखिएको थिएन। शुरूमा त निक ब्रुसले आफ्नी छोरीले ‘ स्पिडी ’ नाम दिइएको बाख्रालाई घरमा राख्न राजि भएको थिएन।

त्यहि बाख्राले आर्कान्सासको वेइनर स्थित सो घरमा आएका ेदुई दिनमै परिवारका सम्पुर्ण सदस्यको जिवन बचाउन पुग्यो। गत शनिवार अविगेल लिभिंग रुममा स्पिडीसंग सुतिरहेकी थिइन्। अचानक स्पिडीले छाती र खुटटामा उफ्रेर उनलाई बिउँझायो। उनले स्थानिय डब्ल्युआरएजि टेलिभिजनलाई बताइन्, ‘ मैले वरपर धुँवा मात्रै देखें। हाम्रो ग्यारेजमा आगो लागेको रहेछ। म दौडेर मेरो आमाबुबाको बेडरुममा गएं। घरभित्र टन्न धुँवा भरिएको थियो। त्यसैले हामी सबैले बेडरुमको झ्यालबाट अगाडिको लनमा हामफालेर ज्यान जोगायौं। ‘

अग्नि नियन्त्रकहरुले समयमै आएर आगो निभाए पनि धुवाँले भित्रै धेरै क्षति पुर्याइ सकेको थियो। अनुसन्धानकर्ताहरुले सर्ट सक्र्युटमा आएको गडबडीको कारण आगो लागेको जनाएका छन्। अहिले मर्मत कार्य चलिरहेकाले ब्रुस परिवार नजिकैको साथीको घरमा बस्दैछन् भने स्पिडीलाई पनि अर्को एक साथीको घरको खोरमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्