लोकल कुखुरा नष्ट



नेपाल समाचारपत्र, भद्रपुर, ।
वडा प्रहरी कार्यालय भद्रपुरले ७२ वटा लोकल कुखुरा बरामद गरी मंगलबार नष्ट गरेको छ ।
भारतबाट नेपाल तर्फ ल्याउदै गरेको प्रतिबन्धित लोकल कुृखुरालाई अस्थायी पशु क्वारेन्टाइन चेक पोष्ट भद्रपुर परिसरमा नष्ट गरेको हो ।

भारतको गलगलियाबाट दुई वटा साइकलमा हालेर भद्रपुर बजार तर्फ बेच्न ल्याएको अवस्थामा प्रहरीले भद्रपुर नाकाबाट कुखुरा बरामद गरेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए ।
भारतबाट पशुपक्षी नेपाल भित्राउन काुननी रुपमा बन्देज रहेकोले कर्मचारी, नागरिक समाजको रोहवरमा नष्ट गरिदिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्