आयोगले निर्णय नसच्याए सत्ता छोड्छौं – राप्रपा



नेपाल समाचारपत्र, बाँके । राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगले निर्णय नसच्याए सरकार छोड्ने चेतावनी दिनु भएको छ । बाँकेको नेपालगञ्जमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिदै थापाले आठ गते पार्टीले निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाउने र त्यसको सकारात्मक नतिजा नआए सरकार छोडेर आन्दोलनमा जाने बताउनुभयो ।

निर्वाचन आयोगले हिन्दु राज्य र संवैधानिक राजसंस्था भन्ने शब्द विधानबाट हटाइदिएपछि राप्रपा क्रुद भएको छ । ‘देशलाई निकास निकाल्नका लागि सरकारमा गएका हौं, आफ्नो पार्टीको सिद्धान्त नै मेटाएर मलाई सरकारमा बस्नु छैन, थापाले भन्नुभयो ।

थापाले जिल्लाका नेता तथा अगुवा कार्यकर्तालाई चुनावमा पार्टीलाई जिताउने गरी लाग्न निर्देशन दिनुभयो । स्थानीय निकायको निर्वाचन हुनुपर्छ भनेर राप्रपाले आवाज उठाएकाले विकासका मुद्दा बोकेर जनताको माझमा जान थापाले निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्