कछुवाको गतिमा सडक निर्माण



बीरबहादुर बम, मुगु । मुगु–जिल्लाको गमगढी धैनकोट धुलाचौर सम्म करिव ४० किलोमिटरको ग्रामिण सडक निर्माण कार्य कछुवाको गतिले अघि बढेको छ । जिबिस अन्त्र्रगत ग्रामिण पहुँच कार्यक्रमले निर्माण कार्य थालनी गरेको उक्त सडक खण्डको ४ बर्ष सम्म ११ किलोमिटर खन्ने काम पुरा भएको र अझै २९ किलोमिटर बाँकी रहेको छ ।

गमगढी देखि रारा गिलाहा सम्मको २१ किलोमिटर सडक ३ बर्ष भित्र पुरा गरि गाडी गुडाउने लक्ष्य भएपनि सुस्त निर्माण कार्य सम्पन्न भएको छैन् । उक्त सडक खण्डको बिभिन्न स्थानमा खन्ने काम अधुरो छ ।

एक बर्ष खनेको सडक अर्का बर्ष सम्म बाढीपहिरो बर्षातले भत्काउ“दा पुन त्यही मर्मत कार्य गर्दै दिन बित्ने गरेको छ । खनेको सडकमा गाडी गुडाउ“न नसक्दा उपयोगबिहिन जस्तै बनेको छ । गमगढी देखि रारा गिलाहा सम्मको सडक निर्माण कार्यमा संकलग्न कामदारको ज्याला बाफत १७ करोड ३७ लाख ८९ हजार रकम खर्च भएको ग्रामिण पहुँच कार्यक्रमका टिम लिडर मोहन रुवालीले बताए ।

सन २०१८ सम्म सडक निर्माण कार्य पुरा गर्ने लक्ष्य रहेको रुवालीको भनाई छ । बर्षात र खेतीपातीको समयले गर्दा गत बर्षको तुलनामा यो बर्ष त्यति काम हुन नसकेको उनको भनाई छ । सुस्त निर्माण कार्यले गर्दा गमगढी धैनकोट धुलाचौर सडक निर्माण पुरा गर्न अझै एक दशक लाग्ने अनुमान गरिएको छ । करिव ४ बर्ष सम्म गमगढी रारा गिलाहा सडक नजोडिदा स्थानीय निराशा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्