मिस टिन ग्लोबको ताज आस्थालाई



काठमाडौंकी आस्था शाह मिस टिन ग्लोब २०१७ घोषित भएकी छिन्। स्टार वन इन्टरटेनमेन्टले प्रालिले राजधानीमा अयोजना गरेको किशोरीहरुबीचको मिस टिन ग्लोब २०१७ सौन्दर्य प्रतियोगितामा आस्थाले प्रमुख उपाधि चुमेकी हुन्।

उनले पहिलो संस्करणको मिस टिन ग्लोब २०१७ को उपाधि जितेकी हुन्।

आफ्ना २७ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रमुख उपाधि चुमेकी शाहले मिस ब्युटिफुल उपउपाधिलाई समेत आफ्नो बनाएकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सुवर्णा सिंखडा फस्ट रनर्सअपका साथै मिस ट्यालेन्ट र मस्ट फोटोेजेनिक, रेशिमा थापा सेकेन्ड रनर्सअपका साथै फेसन आइकन, पूजा आचार्य थर्ड रनर्सअपका साथै युथ विथ रेस्पोन्सिबिलिटी तथा सजिता दाहाल फोर्थ रनर्स अपका साथै मस्ट आइकोनिक आइज उपउपाधिको विजेता भएका छन्।

संगीत र नृत्यजस्ता विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा दीपिका खड्का मस्ट पपुलर, ब्युटी विथ पर्पस र बेस्ट पर्सनालिटी, जेमिना घिसिङ फेसबुक च्वाइस, बेस्ट स्पिच र मिस क्याटवक, सीमा लामा सोसियली रेस्पोन्सिबल, कृस्टिना सापकोटा भ्युवर्स च्वाइस, रुसाली अधिकारी बेस्ट स्माइल, सलिना मर्हजन बेस्ट हेयर, वर्षा कोइराला बेस्ट स्किन, समिता तामाङ बेस्ट डिसिप्लिन, अस्मिता दंगाल बेस्ट फिजिक, संरचना विश्वकर्मा मस्ट फिटनेस, सुनीता थापा मगर मस्ट फ्रेन्डली, कञ्चन मगर मिस कन्जिनियालिटी, सञ्चली प्रधान मस्ट चार्मिङ, प्रसस्ना श्रेष्ठ मस्ट एक्टिभ तथा अनिषा स्थापित र पासाङल्यामु शेर्पाले म्यानेजमेन्ट च्वाइस जितेका छन्।

त्यसै गरी आयुष्मा महर्जन मस्ट पर्फेक्ट, जेमिना घिसिङ मस्ट डिजर्भिङ, शर्मिला तामाङ सोसल वेलफेयर एम्बेस्डर, नुजा कार्की मस्ट पोजेटिभ एटिच्युड, मिङ ह्याल्मो बेस्ट सिंगर, श्रुति महर्जन बेस्ट डान्स र स्वस्ती दंगाल मस्ट क्रिएटिभ भएका छन्।

करिव ३ घण्टासम्म चलेको उक्त सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाले गरेका थिए भने कार्यक्रमको निर्णायक मण्डलमा गायक आनन्द कार्की, नायक आयुष रिजाल, सञ्चारकर्मी तथा अभिनेता श्याम अर्याल, ब्यांकर अनीता प्रधान, शिक्षाविद्द्वय सूदन डोटेल र पूर्ण लामा तथा संगीतकार सरोज प्याकुरेल रहेका थिए।

प्रतिक्रिया दिनुहोस्