पथरी सेमिफाइनलमा



पाँचथर, (नेस)
पूर्वाञ्चल प्रहरी क्लबमाथि ४–० गोलअन्तरले जित्दै पथरी स्पोटिङ क्लब पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ।

सोमबार भएको खेलमा साइमन लिम्बुले आठौं मिनेटमै गोल गरी पथरीलाई अग्रता दिलाएका थिए।

त्यसपछि कृष्ण राईले ४०औं र ४९औं मिनेटमा २ गोल गरी आफ्नो टिमलाई ३–० गोलअन्तरको अग्रतामा राखे। खेलको दोस्रो हाफपछि पुनः पथरीका दीपक राईले अर्को गोल गर्दै आफ्नो टिमलाई ४ गोलको अवस्थामा पुर्याए।

प्रतिक्रिया दिनुहोस्