मर्केलद्वारा एर्डोगानलाई वार्ताको लागि आग्रह



बर्लिन,(एजेन्सी)

जर्मनी चान्सेलर एञ्जेला मर्केलले सोमबार टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानलाई विपक्षी राजनीतिक पार्टी र अन्यस सरोकारवाला सामाजिक समुहहरुसंग सम्मानजनक वार्ताको लागि आग्रह गरेकी छिन् ।

टर्कीमा गत आइतबार राष्ट्रपति एर्डोगानको राजनीतिक शक्ति र अधिकार बढाउने उद्देश्यले सम्पन्न जनमत संग्रहमा अत्यन्त झिनो मतको अन्तरमा एर्डोगानको पक्षमा जनमतसंग्रहको परिणाम आएपछि मर्केलले सो आग्रह गरेकी हुन् ।

उक्त जनमतसंग्रहको ९९ प्रतिशत भन्दा बढी मत गनणा भइसकेको अवस्थामा एर्डोगानको पक्षमा ५१ प्रतिशत भन्दा अलिकति बढी मात्र मत खसेको पाइएको छ । राष्ट्रपतिको भूमिका परिवर्तनको लागि संविधानमा नै संशोधन गर्नसक्ने अधिकार राष्ट्रपतिलाई दिइनु ‘हुन्छ वा हुदँैन् ’ भन्ने विषयलाई लिएर यो जनमतसंग्रहको आयोजना भएको हो ।

यसमा मतदानको लागि पाँच करोड ५३ लाखभन्दा बढी तुर्केली योग्य रहेका थिए ।

टर्कीमा हाल विद्यमान सम्पुर्ण राजनीतिक पार्टी र समाजिक पक्षलाई अर्थपूूर्ण वार्ताको लागि राष्ट्रपति सम्बोधन गर्न जर्मन सरकारले आशा गरेको मर्केल र जर्मन विदेशी मन्त्री सिगमर गाब्रीएलद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेखित छ ।
जनमतसंग्रहको परणाम एर्डोगानको पक्षमा गएपछि उनी टर्कीका संस्थापक नेता मुस्ताफा कमाल आतातुर्क र उनका उत्तराधिकारी इस्मेत इनोनुभन्दा पनि बढी शक्तिशाली हुने बताइएको छ ।

टर्कीका विपक्षी नेताहरुले भने यस जनमतसंग्रहको वैधानिकता माथि नै प्रश्न उठाएका छन् । जनमतसंग्रहमा विजयी भएकोमा अत्यन्तै उत्साहित भएका राष्ट्रपति एर्डोगानका समर्थकहरुले यस विजयबाट उनले आफुलाई आगामी १२ वर्षसम्म राष्ट्रपति पदमा रहिरहने गरी संविधान परिवर्तन गर्न सक्ने बताएका छन् ।

राष्ट्रपति एर्डोगानले टर्कीमा मृत्युदण्डको सजाय पुनस्र्थापनाका लागि पनि जनमत संग्रह गराउने बताउँदै आएका छन् । यद्यपि युरोपेली संघ (इयु) ले भने यस्तो व्यवस्था गरेमा टर्कीलाई इयुको सदस्यता दिनेबार विषयको छलफल समाप्त हुने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्