फोहोरको ढिस्कोमा पुरिएर २२ को मृत्यु



कोलोम्वो,(एजेन्सी)

श्रीलंकाको राजधानी कावुलमा विशाल फोहरको थुप्रो अचानक खस्दा पुरिएर मर्नेको संख्या आइतवार २२ पुगेको तथा अझै करिव २० जना मानिस पुरिएको हुनु पर्ने प्रहरी र उद्धार टोलिले बताएका छन् ।

उद्धार कार्यको नेतृतव गरिरहेका मेजर जनरल सुदान्थ रणसिंघेले कुल कति जना फोहोरको थुप्रोले पुरिएका भन् भन्ने पत्ता लगाउने कोसिस भइरहेको बताएका छन् । तर लामो समय देखिस्थानिय वासिन्दालाई उक्त फोहोर हटाउने अभियानमा साथ दिँदै आएका वकिल नुवान बोपेजले भने करिव २० जना अझै पुरिएको जनाकारी दिएका छन् ।

कोलोम्वो नजिकको मितोतामुल्ला शहरमा भएको यस दुर्घटनास्थलमा सेना परिचालन गरिएको छ । शुक्रवार साँझ मानिसहरुले स्थानिय नयाँ वर्ष मनाइरहेकोबेला सो दुखद घटना घटेको थियो । यस दुर्घटनामा घाइते भएका १२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
रणसिंघेले यस घटनामा ७८ वटा घर ध्वस्त हुनुको साथै १ सय ५० वछा भन्दा बढि घर क्षतिग्रस्त भएको बताएका छन् । प्रधानमन्त्री रणिल विक्रमेसिंघेले सरकारले चाँडै नै सो क्षेत्रबाट सम्पुर्ण फोहर हटाउने जानकारी दिएका छन् ।

साथै सोही फोहरको कारण संभावित जोाखममा परेका ६ सय २५ व्यक्तिलाई नजिकैका बिद्यालयहरुमा बस्ने व्यवस्था मिलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्