माओवादी केन्द्रले छान्यो उम्मेदवार



सिन्धुली, (नेस)

नेकपा माओवादी केन्द्रले कमलामाई नगरपालिका–५ को स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ। नेकपा माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं. ५ को वडा कमिटीले स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारमा हितलाल श्रेष्ठलाई बनाउने सर्वसमत निर्णय गरेको छ।

माओवादी आन्दोलन पूर्वको रोल्पाको रूपमा चिनिएको सिन्धुलीको माओवादीको उद्गमस्थल साविकको कमलामाई नगरपालिका–४ हालको कमलामाई नगरपालिकामा सर्वसम्मतरूपमा सबै अध्यक्षलगायत सबै सदस्य चयन गरेको हो।

पार्टीको आइतबार बसेको वडा कमिटीको बैठकले दलित महिला सदस्यमा सर्मिला विक, महिला सदस्यमा सुनमाया पाख्रिन (स्मृति), सदस्यहरूमा तिलकबहादुर कार्की र प्रभुनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ।
अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ २०४९ सालमा तत्कालीन शिद्धेश्वर गाविस–४ का वडा अध्यक्ष निर्वाचित भई कार्यवाहक गाविस अध्यक्षसमेत बनेर काम गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्