उपराष्ट्रपतिद्वारा सम्मानित



काठमाडौं, (नेस)
विश्वको सर्वोच्च शिखर सगरमाथा, किलर माउन्टेनको रुपमा परिचित मनास्लु सहित संसारका ११ पर्वतको सफल आरोहण गरेका संजय पण्डित तथा १० पटक विश्वको सगरमाथा आरोहण गर्न सफल अमेरिकी चर्चित आरोही भर्न तेजासलाई आइतवार उपराष्ट्रपति नन्दबहादुर पुनद्धारा उपराष्ट्रपति निवासमा सम्मान गर्नु भएको छ।

गत जनवरीमा अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सेन मासिफ र अन्टार्टिका कै अर्को चर्चित हिमाल रजम्यान पण्डितले सफल आरोहण गरेका थिए।

यि दुवै हिमाल आरोहणका लागी विश्व चर्चित सेभेन समिटर भर्न तेजासले गाइड गरेका थिए। पण्डितले आफुले अन्टार्टिको सर्वोच्च शिखरमा फरफराएको नेपालको राष्ट्रिय झण्डा र उपराष्ट्रपति अंकित फोटो उपराष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए भने उपराष्ट्रपतिले प्रमाण–पत्र सहित खादा पण्डितलाई प्रदान गर्नुभएको थियो।

उक्त सम्मान कार्यक्रममा टानका वरिष्ठ उपाध्यक्ष एवं युवा पर्यटन व्यावसायी टासी लाक्पा शेर्पाको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्