महिला घरेलु कामदारमा रोक नलगाउन आग्रह



कोठमाडौं, (नेस)
महिलालाई वैदेशिक रोजगारीमा जान रोक्नु दीर्घकालीन समाधान नभएको जानकारहरूले बताएका छन्। पौरखी नेपालले राजधानीमा आयोजना गरेको अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै सहभागीले कानुनी रूपमा महिलालाई घरेलु कामदारको रूपमा जान प्रतिबन्ध लगाउनु नहुने धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा सहभागीले ठूलो आर्थिक चलखेलका कारण संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदार कानुनी रूपमै बञ्चित गराउने निर्णय लिएको आरोप लगाए। उनीहरूले वैधानिक प्रक्रियाबाट रोजगारीमा जाने बाटो बन्द नगर्न सुझावसमेत दिए। उनीहरूले यहाँको आर्थिक परिवेशका कारण कामदार बाहिरिनु परे पनि उनीहरू दिनानुदिन असुरक्षित बन्दै गएको दुरावस्था प्रस्तुत गरेका थिए।

रेमिट्यान्सले देश धानेको अवस्थामा यी समस्या न्यूनीकरणको उपकरण अपनाउनुपर्ने उनीहरूको सुझाव थियो। अन्तक्र्रियात्मक कार्यक्रममा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ, नेकपा माओवादी केन्द्रका श्रम विभाग प्रमुख तथा पूर्वमन्त्री लेखराज भट्ट, संसद्हरू पेम्वा शेर्पा, कमला शर्मा, वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्