वर्षको पहिलो कारोबारमा ६६ अर्ब नोक्सान



काठमाडौं, (नेस)
राजनीतिक उतार चडावका कारण वर्षको पहिलो दिनको कारोबारमा लगानीकर्ता निराश देखिएका छन्। लगानीकर्ता निराश हुँदा आइतबार नेप्से उच्च अंकका साथ ओरालो लागेको छ। आइतबार ४५ दशमलब ५२ अंकले झरेर १६५१ दशमलब ६१ विन्दुमा पुगेको छ। यसदिन सबैभन्दा धेरै बीमा समूहमा ३२२ दशमलब ८४ अंकको गिरावट आएको छ।

अन्य समूहमा बैंकिङ समूह ४४ दशमलब १४, होटल समूह ६२ दशमलब १९, विकास बैंक समूह ४९ दशमलब ९३, जलविद्युत् समूह ३८ दशमलब ८५, फाइनान्स ८.८५, र अन्य समूह ४ दशमलब ९२ अंकले घटेको छ।

कुल १३५ कम्पनीको १ अर्ब २१ करोड रुपियाँबराबरको समग्र बजार पुँजीकरण ६६ अर्ब रुपियाँले घटेर आइतबार बजार पुँजीकरण १८ खर्ब ९८ अर्ब रुपियाँ कायम भएको छ। यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य ९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ५ प्रतिशतले उकालो लागेको छ भने हाम्रो विकास बैंक, सेती फाइनान्स, नयाँ नेपाल लघुवित्त, बुटवल पावर कम्पनी लगायतका कम्पनीले कमाउँदा ग्रिन डेभलपमेन्ट बैंक, महिला सहयात्रा, सूर्यालाइफ, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स लगायतका कम्पनी धेरै गुमाउनेमा परे छन्।
आइतबार सबैभन्दा बढी एनसीसी बंैकको ८ करोड ४१ लाख रुपियाँको किनबेच भएको छ। गुराँस लाइफको ५ करोड २१ लाख रुपियाँको किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्