रुस्लान वीन–वीन योजनाको विजेता सार्वजनिक



काठमाडौं, (नेस)
रुस्लान वाटरद्वारा सञ्चालित ‘रुस्लान वीन–वीन अफर’ अन्तर्गतका विजेताको नाम सार्वजनिक गरेको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले लक्की ड्र मार्फत् विजेताहरूको छनोट गरेको हो।

जसमा बम्पर प्राइजअन्र्तगत एउटा डुकाटी मोनस्टार ८२१ बाइक कुपन नं ५९६२८० को विजेता घोषित भएका थिए। त्यस्तै क्षेत्रीय पुस्कारअन्तर्गत ७ जनाले बेनाली टीएनटी २५० बाइक जितेका छन्।

जसमा क्षेत्र नं.– १ कुपन नं ०९२७८६ क्षेत्र नं.– २ कुपन नं ४१७८७४ क्षेत्र न.–ं ३ कुपन नं ६०६८१२ क्षेत्र नं.– ४ कुपन नं. ११५७२९ क्षेत्र नं.–ं ५ कुपन नं २५११८८ क्षेत्र नं.–६ कुपन नं ७९४९९० तथा काठमांडौ उपत्यका कुपन नं ५५१६९७ ले जित्न सफल भएको कम्पनीले जनाएको छ। सो लक्की ड्र मदिरा व्यवसायी महासंधका अध्यक्ष, मदिरा व्यवसायी महासंधका महासचिव, होटेल व्यवसायी महासंधका अध्यक्ष, रेबानका अध्यक्षको उपस्थितमा गरिएको थियो। कम्पनीले गत मंसिर ३० गतेदेखि चैत ३० गतेसम्म उक्त योजना जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्