‘रुस्लान गल्फ टुर्नामेन्ट’ सम्पन्न



काठमाडौं, (नेस)

जावलाखेल ग्रुप अफ इण्ड्रष्टिजअन्तर्गतको विजय डिष्टिलरीले ‘रुस्लान गल्फ टुर्नामेन्ट’ सम्पन्न भएको छ। राजधानीको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न उक्त प्रतियोगिता रुस्लान भोड्काले प्रायोजन गरेको थियो।

मिथुन राईले ७२ अंकको साथमा ग्रोस विजेताको रूपमा दुई जनाको लागि काठमाडौं–बैंकक–काठमाडौं टुर प्याकेज प्राप्त गर्नुभयो। साथै प्रतिमा शेर्पा र मेजर जनरल दमनबहादुर घलेले समान ६७ अंकका साथमा महिला र सिनियरतर्फको उपाधि जित्नुभयो। साथै हृदयस कुमार सिंह, अरूण देव आचार्य, राज प्रधान, किसन अग्रवाल र अन्य विजेताले आकर्षक पुरस्कारहरू प्राप्त गर्नुभयो।

कार्यक्रममा आरएनजीसीका प्रबन्ध निर्देशक रविन्द्रमान श्रेष्ठ, जावलाखेल ग्रुप अफ इन्ड्रष्टिजका प्रबन्ध निर्देशक राज बहादुर शाह, आरएनजीसीका सहकप्तान श्रीधर राणा र अन्य विशिष्ठ अतिथिहरूले विजेताहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्