४४ वटा पर्यटकीय होटल थपिए



दीपेन्द्र थापा, काठमाडौं

पर्यटकको सुविधाका लागि वर्ष २०७३ मा ४४ वटा सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन्। चैतको अन्त्यसम्म ती होटल खुलेका हुन्।
अघिल्लो वर्ष खुलेकने होटलमध्ये अधिकांश काठमाडौं उपत्यकाभित्र रहेका छन्। थोरै संख्यामा मात्रै उपत्यका बाहिर नयाँ पर्यटक होटल खुलेका छन्। काठमाडौंमा होटल आर्टस् काठमाडांै ठमेल, ग्रान्ड नोर्लिङ होटल एन्ड रिसोर्ट प्रालि मुलपानी, टे««डिसनल कम्फोर्ट प्रालि कमलपोखरी, द माया म्यानोर बुटिक होटल प्रालि नक्साल, काठमाडांै प्रिन्स होटल प्रालिलगायतका होटल सञ्चालनमा आएका छन्।

त्यस्तै हाइल्यान्डर इन प्रालि ठमेल, मण्डला होटल प्रालि लाजिम्पाट, काष्ठमण्डप बुटिक होटल ठमेल, होटल मलवेरी ठमेल, काठमाडौं बुटिक होटल क्षेत्रपाटीलगायतका होटल सञ्चालनमा आएको पर्यटन विभागले जनाएको छ।

भूकम्प र नाकाबन्दीका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्र विस्तारै पुर्नजीवित हुँदै गएपछि लगानीकर्ताहरू आकर्षित देखिएको विभागले जनाएको छ। विभागका अनुसार नयाँ खुलेका पर्यटकीय होटलका कारण पनि नेपालको पर्यटन क्षेत्रमा आर्कषण रहेको पुष्टि गर्छ। पर्यटन विभागका निर्देशक दुर्गादत्त ढकालले नेपाल समाचारपत्रसंँग कुरा गर्दै भन्नुभयो–‘भूकम्पपछि होटल खुल्ने क्रम बढेको छ।’ उहाँका अनुसार भूकम्प र नाकाबन्दीका कारण पर्यटक आउने संख्यामा वृद्धि हुँदै जानुले पनि भोलि आशालाई सोचेर भएको हो।
विभागका अनुसार हालसम्म पर्यटन विभागमा दर्ता भएका होटलको संख्या ६ सय ६ वटा रहेका छन्। २०७३ मा मात्रै विभागमा चार तारे १, तीन तारेको संख्या ५, दुई तारे २,, एक तारे ६ र पर्यटनस्तरीय ३० होटलमा दर्ता भएका छन्।

हालसम्म नेपालमा पाँच तारे १० वटामा भूकम्पपछि एभरेस्ट होटल बन्द रहेको छ, चार तारे ३ वटा, तीन तारे ३७ , दुई तारे ४६ वटा, एक तारे करिब ३६ र पर्यटकस्तरीय ४ सय ७४ वटा रहेका छन्। त्यस्तैे २३३ वटा होमस्टेले सञ्चालनका लागि स्वीकृति पाइसकेर सञ्चालनमा रहेको पर्यटन विभागले जनाएको छ।

ती होटलमा विभिन्नखाले आधुनिक सुविधाहरू समावेश गरिएको छ।

आधुनिक सुविधा सम्पन्न सामग्रीले निर्माण भएका छन् भने, डिलक्स कोठा र किङ साइजको कोठाको व्यवस्था, भ¥याङको साइज ठूलो गरी निर्माण गरिएको छ भने अन्य सुविधा पनि आधुनिक किसिमका राखिएका छन्। पर्यटकलाई आकर्षित गर्न पलङ तथा ओछ्यान पनि आधुनिक किसिमका व्यवस्था गरिएको, स्वचालित किसिमको आगो नियन्त्रणयन्त्र रहेको विभागले जनाएको छ।

कुल ३ अर्ब रुपियाँभन्दा बढी लागतमा निर्माण भएका सुविधा सम्पन्न होटल पर्यटकलाई सुविधा दिन बजारमा फरक सुविधासहित प्रतिस्पर्धामा उत्रिएका छन्। ती होटलमा करिब ५ सयले रोजगारी प्राप्त गरेको विभागले जनाएको छ।

सन् २०१६ मा ७ लाख २९ हजार ५ सय ५० पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभाग तथ्यांकमा उल्लेख छ। सन् २०२० सम्म नेपालमा वार्षिक १८ लाख पर्यटक धान्ने क्षमताको होटल तयार हुँदै गरेको होटल संघ नेपालले जनाएको छ। सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्षकोे रूपमा मनाउने तयारी गरेको हुँदा पनि पर्यटन क्षेत्रमा लगानीको आकर्षण बढेको हो।

प्रतिक्रिया दिनुहोस्