नासाले नयाँपुस्ताको परमाणु घडी अन्तरिक्ष पठाउने



वासिंगटन, (एजेन्सी)

नासाले भविष्यमा मानवीय खोजको विस्तारलाई बढाउन सन् २०१७ को अन्त्य सम्ममा नयाँपुस्ताको परमाणु घडी अन्तरिक्षमा पठाउने तयारी भइरहेको जनाएको छ। यो घडी यसअघि पठाइएको कुनै पनि परमाणु घडीको तुलनामा सानो र हलुका हुनेछ र अहिलेसम्मकै सबैभन्दा सटिक तथा शुद्ध हुने नासाले दाबी गरेको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले क्यालिफोर्नियाको पासाडेनास्थित नासाको जेट प्रपल्सन ल्याबरोटरीका इन्जिनियरले अन्तरिक्ष यानसँग अन्तरिक्षको गहिराइमा परमाणु घडी बनाउने काम पूरा गरेको र त्यसलाई अन्तरिक्ष यानको मद्दतले सन् २०१७ को अन्त्यसम्म पृथ्वीको कक्षमा ल्याउने तयारी भइरहेको बताए। यसले अन्तरिक्ष यान सञ्चालनका समय महत्वपूर्ण भूमिका निभाउने भएकाले भविष्यमा हुने अन्तरिक्ष अभियानका लागि यो घडी विशेष रूपमा महत्वपूर्ण हुने नासाले जनाएको छ।

प्रायःजसो अन्तरिक्ष यानमा दुईतर्फी विधिबाट निगरानी राख्ने गरिन्छ। जमिनस्थित एन्टिना अन्तरिक्षमा सन्देश पठाउँछ र त्यहाँको संकेतको प्रतिक्षा गर्छ।

संकेत कहाँसम्म पुग्यो, त्यसको मापनको आधारमा अन्तरिक्ष यानको दूरी गणना गरिन्छ। अन्तरिक्ष यान सञ्चालन दलले यही सूचनाको प्रक्रियाका आधारमा अन्तरिक्ष यानको उडान मार्ग निर्धारण गर्छ। यसमा कुनै सुधारको आवश्यक भएमा मात्र परिमार्जित गर्ने काम हुन्छ।

प्रतिक्रिया दिनुहोस्